टिजरमा यस्तो देखियो चलचित्र ‘सोल्टिनी’
काठमाडौँ । नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर बिहीबार सार्वजनिक गरिएको छ ।
कात्तिक ६ गते भाइटिकाको दिन प्रदर्शन हुने चलचित्रको टिजरमा प्रकाश सपुत र परीक्षा लिम्बुबिचको प्रेम र समाजको कठोर यथार्थ देखाइएको छ ।
टिजरले चलचित्रले ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई दृश्यात्मक ढङ्गले उतारेको अनुमान लगाउन सकिन्छ ।
अर्जुन सुवेदी निर्देशित चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय छ।
‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माता रहेको चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन भएको हो ।
प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत, सुशन प्रजापतिको छायाङ्कन रहेको चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण