जेनजी आन्दोलन : देशभरका १४६ नगर र ४० गाउँपालिका कार्यालयमा क्षति (प्रदेशअनुसार सूची)
सारांश
- भदौ २४ गतेको आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्यायो।
- आन्दोलनका कारण १४६ नगरपालिकामा भौतिक क्षति पुगेको छ, जसमा आगजनी र तोडफोड समावेश छन्।
- कोशी प्रदेशमा गाउँपालिका र वडा कार्यालयहरूमा सबैभन्दा बढी क्षति पुगेको छ, भने देशभरका गाउँपालिकामा पनि क्षति पुगेको छ।
काठमाडौँ । भदौ २४ गतेको आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्याएको छ ।
देशभरका ५३ प्रतिशत नगरपालिकाहरू कुनै न कुनै प्रकारले क्षति भएका प्रारम्भिक विवरण संकलन गरिएको तथ्यांकमा उल्लेख छ । आन्दोलनका कारण देशभरका १४६ वटा नगरपालिका कार्यालयमा भौतिक क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको यस्तो तथ्यांकमा देशभरका १७ वटा नगरपालिका भने समावेश छैनन् ।
क्षति विवरणको सारांश अनुसार १३० वटामा कुनै क्षति भएको छैन, ६९ वटा नगरपालिकामा तोडफोड (मध्यम क्षति) भएको छ भने ७७ वटा नगरपालिकामा आगजनी (गम्भीर क्षति) भएको उल्लेख छ ।
आगजनीबाट सबैभन्दा बढी प्रभावित हुने प्रदेश मधेस रहेको छ, जहाँ ३२ वटा नगरपालिकामा आगजनी भएको पाइएको छ । कोशी प्रदेशमा १९, बागमतीमा १०, लुम्बिनीमा ८, सुदुरपश्चिममा ५, गण्डकीमा २ र कर्णाली प्रदेशमा १ वटा नगरपालिकामा आगजनी भएको छ ।

मध्यम क्षति तोडफोडको घटना पनि मधेस प्रदेशमै सबैभन्दा बढी २१ वटा नगरपालिकामा भएको छ । त्यसपछि लुम्बिनीमा १६, बागमतीमा ११, कोशीमा ७, सुदूरपश्चिममा ६, कर्णालीमा ५ र गण्डकी प्रदेशमा ३ वटा नगरपालिकामा तोडफोड भएको पाइएको छ ।
आन्दोलनको क्रममा बागमती प्रदेशका २४, गण्डकीका २२ र कोशी प्रदेशका २१ वटा नगरपालिकामा कुनै क्षति नभएको विवरणमा उल्लेख छ । यसले यी प्रदेशहरूमा आन्दोलनको असर कम देखिएको जनाउँछ ।
देशभरका कुल २९३ नगरपालिकाहरूमध्ये १७ वटा नगरपालिकामा भने सम्पर्क स्थापित हुन नसकेको नगरपालिका संघले जनाएको छ । यसमध्ये सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९ वटा नगरपालिकामा सम्पर्क हुन सकेको छैन । यस्तै, मधेस प्रदेशमा ६ र कोशी प्रदेशमा २ वटा नगरपालिकामा पनि सम्पर्क स्थापित हुन नसकेको नगरपालिका संघले जनाएको छ ।

गाउँपालिकामा कति भयो क्षति ?
जेनजी आन्दोलनले क्षति पुर्याएका गाउँपालिका भवनको विवरण पनि सार्वजनिक भइसकेको छ । गाउँपालिका राष्ट्रिय महासंघले जेनजी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्यांक सार्वजनिक गरेको हो । देशभरी रहेका ४६० गाउँपालिका मध्ये २२ वटा गाउँपालिकाको प्रशासकीय भवन पूर्ण क्षति र १८ आंशिक क्षति पुगेको छ । तथ्यांकअनुसार कोशी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय भवनमा सबैभन्दा बढी क्षति पुगेको छ ।
कोशी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा ९ र आंशिक रूपमा ५ वटामा क्षति पुगेको छ । वडा कार्यालयको भवन ३८ पूर्ण र २० आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।
मधेश प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ६ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको ३ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।
बागमती प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ४ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन ३ वटामा आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।
गण्डकी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ३ वटामा आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन एउटामा आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण र क्षति भएको छ ।
लुम्बिनी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ३ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन २ पूर्ण र ४ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण रूपमा क्षति भएको छ ।
कर्णाली प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालयको भवन र गाउँपालिका जनप्रतिनिधिको घरमा कुनै क्षति भएको छैन ।
सुदूरपश्चिम प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ५ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १३ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण रूपमा क्षति भएको छ ।
समग्रमा, गाउँपालिकाको २२ प्रशासनिक भवन पूर्ण र १८ आंशिक रूपमा, ४१ वडा कार्यालय पूर्ण र ४३ आंशिक रूपमा र १० जनप्रतिनिधिको घर पूर्ण र ३ वटा आंशिक रूपमा क्षति भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघले घटनाको निन्दा गर्दै यस्ता गतिविधिले स्थानीय सरकारको कार्य सञ्चालनमा बाधा पुगेको बताएको छ। महासंघले सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण