आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै जनआकाङ्क्षा अनुसार काम गर्न दृढ छौँ: प्रधानमन्त्री कार्की
सारांश
- अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकाङ्क्षा अनुसार काम गर्ने बताइन्।
- उनले सरकारको पारदर्शिता, सुशासन र विकासलाई जोड दिइन्।
- प्रधानमन्त्री कार्कीले युवा पुस्ताको अनुरोधमा नेतृत्व लिएको बताइन्।
काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकाङ्क्षा अनुसार दृढ सङ्कल्पका साथ काम गर्ने बताएकी छिन् । संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकाङ्क्षा अनुसार दृढ सङ्कल्पका साथ काम गर्ने बताइन् ।
उनले सरकारका काम कारबाहीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन् । यस्ता एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले आफू पदको लोभ लिएर प्रधानमन्त्री भएको नभई देश सङ्कटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा सङ्क्रमणको व्यवस्थापन गर्न नेतृत्व लिएको धारणा राखिन् ।
नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनले दोहर्याइन् । कार्कीले कानुनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणामका कारण वर्तमान अवस्था आएको पनि बताइन् ।
उनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाको पुननिर्माणका साथै व्यवसायीक प्रतिष्ठानमा भएको क्षतिबाट पनि माथि उठाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै यस काममा सहयोग गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण