लेकवेशी नगरपालिकाको आम्दानीले खर्च धान्न नसकेपछि सवारी साधन प्रयोगमा कडाइ
काठमाडौँ । सुर्खेतको लेकवेशी नगरपालिकाले आफ्नो आन्तरिक आम्दानीले चालु खर्च धान्न नसक्ने अवस्था आएपछि सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको छ ।
मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्नका लागि नगरपालिकाले सम्पूर्ण सरकारी सवारी साधनको प्रयोगमा नयाँ निर्देशनात्मक आदेश जारी गरेको हो ।
लेकवेशी नगरपालिकाको नगर प्रमुखको सचिवालयबाट जारी गरिएको पत्र अनुसार आन्तरिक आम्दानीले वर्तमान चालु खर्च समेत धान्न नसक्ने भएपछि यस्तो कदम चालिएको हो ।
असोज महिना देखि लागू हुने गरी नगरपालिकाको नाममा रहेका सम्पूर्ण सरकारी सवारी साधनहरूलाई नगर कार्यपालिकाको कार्यालयमै अनिवार्य रूपमा राख्नु पर्नेछ।
उक्त सवारी साधनहरूलाई कार्यालयको कामकाजको प्रयोजनको लागि मात्र प्रयोग गर्न पाइनेछ र त्यसका लागि अनिवार्य रूपमा लगवुक भरी प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण