संविधानको स्थायित्व नै स्थिरताको आधारशीला : सुरेन्द्रराज पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयन नै राजनीतिक स्थिरता र आर्थिक समृद्धिको आधारशिला भएको बताएका छन् ।
संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
तीनै तहका सरकारबिच समन्वय गर्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनः निर्माण र जनतासँग सीधा सम्बन्धित सेवाको विस्तारमा निरन्तर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
पारदर्शिता सरकारको पहिलो सर्त रहेको उनले बताए । ‘हामी सुशासन र पारदर्शितामा प्रतिबद्ध छौँ । गण्डकी प्रदेश सरकारले युवाहरूलाई राइड शेयरिङमार्फत रोजगारी दिने, चालु खर्च कटौती गर्ने, कार्यालय समायोजन गर्ने र दरबन्दी घटाएर मितव्ययी शासन प्रणाली अँगालेको छ,’ उनले भने, ‘यी पहलहरू प्रशासन सुधारका साथै युवाको आशा र प्रदेशको समुन्नति लागि आवश्यक छन् ।’
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै प्रदेश र समग्र मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताए । प्रदेशका अन्य राजनीतिक दलका नेताहरूले पनि संविधान कार्यान्वयन र सुशासनलाई प्राथमिकता दिएका छन् ।
नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले पनि सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए । एमाले भ्रष्टाचार छानबिनका लागि वडा सदस्यदेखि माथिसम्म सबै तहमा तयार रहेको उनको दाबी छ ।
अधिकारीले नेपालको ‘चुच्चे नक्सा’ (कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा)का विषयमा वर्तमान प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा उठाउन नसकेको भन्दै आपत्ति जनाए ।
‘मातृभूमि, लोकतन्त्र र गणतन्त्रलाई खण्डित हुन नदिन आफ्नो जीवन उत्सर्ग गर्न तयार छौँ,’ उनले भने, ‘आत्मनिर्भर अर्थतन्त्रको लागि युरेनियम र धौवादी फलाम खानीजस्ता प्राकृतिक स्रोतहरूको उचित प्रयोग गर्नुपर्छ ।’
नेकपा (माओवादी केन्द्र) गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमानले संविधानले परिकल्पना गरेको सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्था पूर्ण कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे ।
‘दश वर्ष बितिसक्दा पनि संविधानका महत्त्वपूर्ण धारा र बुँदाहरूको कार्यान्वयनमा ढिलाइ हुनुले सङ्कट पैदा गरेको छ,’ उनले भने, ‘सङ्घीयतालाई बलियो बनाउनुको सट्टा कमजोर पार्ने काम भएको छ । सरकारमा पुग्नेहरूबाटै भ्रष्टाचारलाई संरक्षण गर्ने प्रयास भइरहेको छ ।’
यही गतिविधिले युवामा आक्रोश बढेको उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण