आर्थिक वर्षको पहिलो महिनामा १० वाणिज्य बैंकले घटाए नाफा, कुन बैंकको नाफा कति ?
सारांश
- चालु आर्थिक वर्षको पहिलो महिनामा १० वाणिज्य बैंकको नाफा घटेको छ।
- ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ भने कृषि विकास बैंकको नाफामा सबैभन्दा धेरै गिरावट आएको छ।
- बैंकहरूको समग्र नाफा ८.६५ प्रतिशतले घटेको छ, तर धेरै बैंकको नाफा सकारात्मक छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा १० वटा वाणिज्य बैंकको नाफा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा २० वाणिज्य बैंकले कुल ८ अर्ब ३३ करोड नाफा कमाउँदा ती बैंकहरूको नाफा घट्न पुगेको हो ।
योसँगै समग्र बैंकहरूको नाफा समेत ८.६५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष बैंकहरूले ९ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका थिए । उच्च नाफा गिरावटका बाबजुद सबै बैंकहरूको नाफा सकारात्मक अवस्थामा रहेको छ ।
कुन बैंकको नाफा कति ?

यो अवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । सो बैंकको खुद नाफा ७८ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंकको ७१ करोड ६४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६३ करोड ४२ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५५ करोड ८३ लाख, नेपाल बैंकको ५५ करोड २७ लाख नाफा रहेको छ ।
त्यस्तै, प्राइम कमर्शियल बैंकको ५० करोड ४९ लाख, कुमारी बैंकको ४९ करोड २६ लाख, एभरेष्ट बैंकको ४८ करोड ३९ लाख, एनएमबि बैंकको ४६ करोड ४७ लाख र हिमालयन बैंकको ४० करोड ८९ लाख रुपैयाँ नाफा कायम भएको छ ।
सिद्धार्थ बैंकले ४० करोड १३ लाख, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमा बैंकको ३९ करोड २ लाख, एनआईशी एशिया बैंकको ३१ करोड ९३ लाख, प्रभु बैंकको ३० करोड २३ लाख कमाएका छन् ।
यसबाहेक सिटिजन्स बैंकको २७ लाख २४ हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, नेपाल एसबीआई बैंकले १५ करोड ८९ लाख तथा कृषि विकास बैंकले ३ करोड ७४ लाख रुपैयाँ कमाएका छन् ।
कुन बैंकको कति भयो घटबढ भयो ?
एक महिनालाई अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा सबैभन्दा धेरै नाफा नेपाल बैंकले बढाएको छ । उक्त बैंकको नाफा १४६.७६ प्रतिशतले बढेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ५४.७९ प्रतिशत, माछापुच्छ्रे बैंकले ३०.९८ प्रतिशत, एनआईशी एशियाको १९.९१ प्रतिशत, सिद्धार्थ बैंकको १५.०३ प्रतिशत, एभरेष्ट बैंकको १४.४१ प्रतिशत नाफा बढेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९.८१ प्रतिशत, एनएमबि बैंकले ९.२५ प्रतिशत, तथा सानिमा बैंकले १.९७ प्रतिशत नाफा बढाएका छन् । बाँकी बैंकहरूको नाफा भने घटेको छ ।
नाफा घट्नेमा सबैभन्दा अगाडि कृषि विकास बैंक रहेको छ । उक्त बैंकको नाफा ९९.४७ प्रतिशतले घटेको देखिन्छ । त्यस्तै, नेपाल एसबीआई बैंकको ५२.३१ प्रतिशत, प्रभु बैंकको ४३.८१ प्रतिशत, हिमालयन बैंकको ३०.४६ प्रतिशत र सिटिजन्स बैंकको २०.३९ प्रतिशत नाफा घटेको छ ।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२.८० प्रतिशत, ग्लोबल बैंकको १२.०९ प्रतिशत, नबिल बैंकको १०.८२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९५ प्रतिशत, कुमारी बैंकको २.२० प्रतिशत तथा प्राइम कमर्शियल बैंकको ०.१२ प्रतिशतले नाफा घटेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण