स्वास्थ्यचौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित
सारांश
- म्याग्दीको निस्कोट स्वास्थ्यचौकीको जीर्ण भवनका कारण सेवा प्रभावित भएको छ।
- पुरानो भवनको छानो चुहिएपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ।
- भवन जीर्ण भएकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको गुनासो छ।
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख अजित विकले बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्ने गरिएको बताए ।
“जीर्ण भवनमा पानी चुहिएर समस्या भएको छ । तीन वर्षयता बर्खामा त्रिपालमुनि बिरामी राखेर सेवा दिएका छौँ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । त्रिपाल थोत्रो भएकाले यसपालि पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौँ ।”
बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ । भवनमा भएका चार वटा कोठा साँघुरा छन् ।
यस वर्षदेखि प्रसूति सेवा पनि सुरु गरेको स्वास्थ्यचौकीमा मासिक १५० देखि २०० जनाले सेवा लिने गरेका छन् । निस्कोट स्वास्थ्यचौकीको भवन विसं २०५० मा निर्माण भएको थियो । मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले जग्गाको अभावमा स्वास्थ्यचौकीको भवन निर्माण प्रक्रिया अघि बढाउन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण