अनेरास्ववियु अध्यक्षमा सुजन कडरियालाई नस्विकार्ने भन्दै बागमतीका अध्यक्ष र इन्चार्जले गराए ध्यानाकर्षण
सारांश
- अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले राजीनामा दिएर फिर्ता लिएपछि विवाद उत्पन्न भयो।
- ६ जिल्लाका अध्यक्षहरूले कडरियाको राजीनामा र पुनरागमनको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाए।
- ध्यानाकर्षण पत्रमा संकटको समयमा भाग्ने नेतृत्व स्वीकार्य नहुने उल्लेख छ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाले आन्दोलनको समयमा सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर पछि सामाजिक सञ्जालमार्फत नै अध्यक्ष पदबाट दिएको राजीनामा फिर्ता गरेको जानकारी गराए ।
कडरियाले पुनः अध्यक्ष पदमा फर्किन खोज्दा सङ्गठनभित्र विवाद उत्पन्न भएको छ। बागमती प्रदेशका ६ जिल्ला अध्यक्ष र सम्बन्धित जिल्लाका इन्चार्जहरूले सङ्कटको बेला भाग्ने व्यक्तिलाई नेतृत्वको रूपमा मान्दैनौँ भन्दै हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र सार्वजनिक गरेका छन्।
उक्त पत्रमा आन्दोलनको समयमा भाग्ने र आन्दोलन शान्त भएपछि अध्यक्ष पदमा फर्किन खोज्ने कदम सङ्गठनको नियम र प्रक्रियागत नभएको उल्लेख गर्दै अध्यक्ष कडरियाको पछिल्लो रवैया, आचरण र राजीनामासम्बन्धी कार्यले सङ्गठनको इज्जत र भविष्यसँग मेल नखाने कुरा स्पष्ट पारिएको छ।
सङ्कटको घडीमा नेतृत्वले सङ्गठनलाई बलियो बनाउनुपर्ने भए पनि भाग्ने, राजीनामाको नाटक गर्ने, मौन बस्ने र व्यक्तिगत रूपमा निराशावादी सन्देश प्रवाह गर्ने प्रवृत्तिले सङ्गठनलाई कमजोर बनाएको पत्रमा औँल्याइएको छ।
साथै, पत्रमा महाधिवेशनमार्फत प्राप्त प्रतिनिधिको मतको अपमान हुने, विद्यार्थी आन्दोलनमा बलिदान भएका शहीदहरूको योगदानलाई अवमूल्यन गर्ने र सङ्गठनलाई सङ्कटमा पार्ने नेतृत्व अस्वीकार्य भएको स्पष्ट पारिएको छ।
बागमती प्रदेशका हस्ताक्षरकर्ताहरूले तत्काल बैठक बसेर सङ्गठनलाई नयाँ, जिम्मेवार नेतृत्वको हातमा सुम्पियोस् भन्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण