फोटो फिचर
जेनजी आन्दोलनपछि कुरूप बनेको नेपालगन्ज (तस्बिरहरू)
शनिबार, ०४ असोज २०८२, १२ : २२
सारांश
- भदौमा भएको जेनजी आन्दोलनमा नेपालगन्जका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो।
- आन्दोलनकारीले सरकारी कार्यालय र पार्टी कार्यालयहरूमा क्षति पुर्याएका थिए।
- क्षतिग्रस्त कार्यालयहरूको मर्मतसम्भार भइरहेको छ, तर धेरैजसो प्रयोग गर्न नमिल्ने अवस्थामा छन्।
काठमाडौँ । गत भदौ अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका अन्य भागमा जस्तै नेपालगन्जमा पनि सरकारी कार्यालयहरू ध्वस्त बनेका छन् ।
भदौ २४ गते आन्दोलनकारीहरूले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए । सरकारी कार्यालयसँगै पार्टी कार्यालयहरू पनि आन्दोलनकारीको निशानामा परेका थिए ।
क्षति पुगेको कार्यालयहरूको यतिवेला सरसफाइ चलिरहेको भए पनि अधिकांश पुनर्निर्माण विना प्रयोग गर्न नमिल्ने रहेको बताइएको छ । तस्बिरहरुः प्रकाश चन्द्र तिमिल्सेना र नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण