न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य
शनिबार, ०४ असोज २०८२, १७ : ०२
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनको न्यायिक छानबिन गर्न आग्रह गरेका छन्।
- उनले घटनामा दोषी देखिएकालाई कारबाही गर्न सरकारले आँट गर्नुपर्ने बताए।
- मुख्यमन्त्रीले आन्दोलनको अराजकता र मुलुकलाई पछाडि धकेल्ने परिस्थितिबारे समीक्षा गर्नुपर्ने बताए।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासहित त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
नेकपा (एमाले) अर्घाखाँचीको सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरी घटनाको गहिरो अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए।
'न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गर्नुपर्छ,' उनले भने।
आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले मुलुकलाई २० वर्ष पछाडि धकेल्ने गरी सिर्जना भएको बताए । उनले विषम परिस्थितिको सामना गर्न पार्टीका संरचना र नागरिकस्तरमा सहकार्य आवश्यक रहेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण