'कालापानी–लिपुलेक हाम्रो हो भन्ने अडानकै कारण ओली सरकार ढालियो'
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण केपी शर्मा ओलीको सरकार ढालिएको दाबी गरेका छन् ।
चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उनले बताएका हुन् ।
शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दाबी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइएको र त्यसकै परिणामस्वरूप सरकार ढालिएको दाबी गरे ।
राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय भएको उल्लेख गर्दै उनले युवापुस्ताले यस विषयलाई निरन्तर उठाइरहनुपर्ने बताए । 'देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,' उनले थपे ।
मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेनजी पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण