मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर छ र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
- कोशी र बागमती प्रदेशमा सामान्य बदली रही, कोशी र गण्डकी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले कोशी र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानहरूमा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशकोको पहाडी भूभागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२१ हजार घुससहित लेखा अधिकृत भट्टराई अख्तियारकाे फन्दामा
-
ट्रम्पको ५० प्रतिशत नयाँ भन्सार कर लागू भए जवाफ दिन क्यानडा तयार
-
रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा सार्वजनिक
-
अमेरिकी आणविक वैज्ञानिक र रक्षा कम्पनीका इमेल रुसी ह्याकरहरूको निशानामा
-
फ्रान्समा भीषण डढेलो, पर्यटकीय सहरबाट २० हजारभन्दा बढी मानिसको उद्धार
-
पूर्वपत्नीलाई ६४ करोड डलर तिर्न एसके समूहका अध्यक्षलाई अदालतको आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण