बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेदरल्यान्डमा उग्र बन्यो आप्रवासन विरोधी प्रदर्शन

आइतबार, ०५ असोज २०८२, १० : ५७
आइतबार, ०५ असोज २०८२

सारांश

  • नेदरल्यान्डमा आप्रवासनको विरोधमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गर्‍यो।
  • प्रदर्शनका क्रममा ३० जना पक्राउ परेका छन् भने प्रदर्शनकारीले ढुङ्गा र बोतल प्रहार गर्दा दुई अधिकारी घाइते भए।
  • दक्षिणपन्थी कार्यकर्ताहरूले अध्यागमन नीति कठोर पार्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

हेग । नेदरल्यान्डमा आप्रवासनको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिएको छ । शुक्रबार प्रदर्शनकारीहरूलाई तितर–बितर पार्न डच प्रहरीले अश्रु ग्यास र पानीको फोहोराको प्रयोग गरेको थियो । प्रदर्शनका क्रममा ३० जनालाई पक्राउ गरिएको छ । 

प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गर्दा दुई अधिकारी घाइते भएको बताइएको छ । झन्डै १ हजार ५०० मानिसहरूले सहर छिर्ने राजमार्ग बन्द गरेका थिए । 

प्रहरीको एउटा गाडी आगो लगाइएको पनि डच समाचार एजेन्सी एएनपीले भनेको छ । प्रधानमन्त्री डिक स्खफले पछिल्लो घटनालाई स्तब्ध पार्ने खालको अनि निर्लज्ज हिंसा भनेका छन् । यसलाई उनले पूर्णतः अस्वीकार्य बताए ।

अध्यागमन नीति कठोर पार्नुपर्ने अनि आश्रय माग्नेहरूमाथि कडाइ गर्नुपर्ने मागसहित दक्षिणपन्थी कार्यकर्ताहरूले विरोध प्रदर्शन आयोजना गरेका थिए ।

डच झन्डा र अति–दक्षिणपन्थी समूहहरूसँग सम्बन्धित झन्डाहरू फहराउँदै प्रदर्शनकारीहरूको ठुलो समूह सुरक्षा बलको सामुन्ने गएपछि हिंसा भड्किएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप