उदयपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
आइतबार, ०५ असोज २०८२, २३ : १६
सारांश
- उदयपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ।
- उदयपुरगढीका एक व्यक्तिको खोलाले बगाएर मृत्यु भएको छ।
- त्रियुगा नगरपालिकामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भयो।
उदयपुर। उदयपुरमा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आइतबार साँझ खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो । खोला तर्ने क्रममा सार्कीलाई बगाएपछि ५०० मिटर तल शव भेटिएको छ ।
त्यसैगरी आजै त्रियुगा नगरपालिका–३ चाँप बगरटोलका २४ वर्षीय रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । दसैँका लागि घर लिप्न गेरुवाई खोलामा माटो खन्ने क्रममा राईलाई ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण