शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रीहरूको शपथको समय १ घण्टा पछि सर्‍यो

सोमबार, ०६ असोज २०८२, १२ : ३८
सोमबार, ०६ असोज २०८२

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे हुने भएको छ । यसअघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर सारिएको हो। 

राष्ट्रपति कार्यालयका एक अधिकारीले २ बजे तय भएको शपथ प्रधानमन्त्री कार्यालयकै अनुरोधका आधारमा १ घण्टा पर सारिएको बताए । 

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् । तर, विवाद भएपछि संगीताको भने शपथ नहुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप