जसपा नेपालले भन्याे– जेनजी आन्दोलनको घटनामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस्
काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसको बैठकले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका हिंसा, हत्या, कुटपिट, तोडफोड, लुटपाट र आगजनी लगायतका घटनाहरूको सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन तथा अनुसन्धान आयोग गठन गर्न माग गरेको छ ।
छानबिन र अनुसन्धानका प्रतिवेदन तत्काल सार्वजनिक गरी जनतालाई सत्य तथ्य सम्बन्धी जानकारी गराउने र उक्त घटनामा दोषी ठहर भएका व्यक्तिहरू उपर कानुनी कारबाही गर्न समेत माग गरेको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस र एमाले सरकारले नेपालको भू–राजनीतिक अवस्था र छिमेकी राष्ट्रहरुप्रतिको संवेदनशीलतालाई बुझ्न नसक्नु कुटनीतिक असफलता भएकाे समेत बताएकाे छ ।
ओली नेतृत्वकाे सरकारबाट जनताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न नसकेकाे समेत बैठकले निष्कर्ष निकालेकाे छ ।
'निवर्तमान प्रधानमन्त्री ओली सरकारबाट गुणस्तरीय शिक्षा र रोजगारीको अभाव भएका कारण लाखौं युवा युवतीहरू शिक्षा र रोजगारीका लागि विदेशिन बाध्य हुनु पर्यो । कांग्रेस र कम्युनिष्ट सारकार कै समय मुलुकमा महँगी, गरिबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, कमिशनतन्त्र, लुटतन्त्र, विचौलियाको चलखेल, ब्यापक रूपमा फैलिएर गयो । जनतामा सरकार, राजनीतिक दल र नेतृत्व वर्गप्रति नै व्यापक असन्तुष्टी फैलियो,'पार्टीका महासचिव लालबाबुु राउतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण