रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
मङ्गलबार, ०७ असोज २०८२, ०७ : १४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।
- बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकका विवरणलगायतका सात एजेन्डामा छलफल हुनेछ।
- जेनजी प्रदर्शनपछिको परिस्थितिमा बैठक बस्न लागेकोले यसलाई महत्त्वपूर्ण मानिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।
जेनजी प्रदर्शनपछि बदलिएको परिस्थितिमा बस्न लागेको पार्टीको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण