अमेरिकामा नेपाली मूलका वैज्ञानिकलाई अल्जाइमरमा मानसिक समस्या बुझ्न ३२ लाख डलरको अनुसन्धान अनुदान
सारांश
- अमेरिकामा अल्जाइमर रोगसम्बन्धी अनुसन्धान सुरु भएको छ, जसले स्मरण शक्ति कमजोर बनाउँछ।
- वैज्ञानिक गणेश चन्दले एआई प्रयोग गरी बिरामीको दिमाग र व्यवहारको अध्ययन गर्न ३२ लाख डलर पाएका छन्।
- अनुसन्धानको मुख्य लक्ष्य अल्जाइमरले व्यवहारमा पार्ने परिवर्तन बुझ्नु र उपचारमा सहयोग गर्नु हो।
अमेरिका । अमेरिकामा अल्जाइमर रोगबारे महत्त्वपूर्ण अनुसन्धान सुरु भएको छ। यो रोगले मानिसको सम्झने शक्तिलाई कमजोर बनाउँछ। तर, कतिपय बिरामीमा भने यो रोगले रिस, उदासी वा डर जस्ता मानसिक समस्या पनि ल्याउँछ। किन यस्तो हुन्छ भन्ने विषय रहस्यमै छ ।
अमेरिकाको मिजौरी राज्यको सेन्ट लुइसमा बसोबास गर्दै आएका नेपाली मूलका वैज्ञानिक गणेश चन्दले यही कुरा पत्ता लगाउन ३२ लाख डलरको ठुलो रकम पाएका छन्। उनी र उनको टोलीले कृत्रिम बुद्धिमत्ता (एआइ)को प्रयोग गरेर मानिसको दिमागको तस्बिर (एमआरआइ र पिइटी) र उनीहरूको बानी व्यवहारको अध्ययन गर्नेछन्।
यो अनुसन्धानको मुख्य लक्ष्य भनेको अल्जाइमर रोगले कसरी मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने कुरा बुझ्नु हो। यदि यो पत्ता लाग्यो भने, चिकित्सकहरूले बिरामीको सही उपचार गर्न र उनीहरूको हेरचाह गर्ने परिवारलाई पनि सहयोग गर्न सक्नेछन्।
अल्जाइमर रोग (एडी) अहिले अमेरिकामा मृत्युको सातौं प्रमुख कारण मानिन्छ । यो उमेर पुगेका मानिसहरूमा स्मृति हराउने (डिमेन्सिया) रोगको सबैभन्दा ठुलो कारण हो। यो रोग हुँदा स्मरणशक्ति मात्र घट्दैन, केही बिरामीमा उदासी, आक्रोश, चिन्ता वा अरूप्रति चासो नदेखाउने जस्ता मानसिक समस्या पनि देखिन्छन् । यसले बिरामी, हेरचाह गर्ने परिवार र चिकित्सकको लागि थप चुनौती सिर्जना गर्छ।
यसै समस्यालाई बुझ्न चन्द, जो वाशयू मेडिसिन, म्यालिनक्रोट इन्स्टिच्युट अफ रेडियोलोजी (एमआइआर)मा सहायक प्राध्यापक हुन्, उनले अमेरिकाको नेसनल इन्सटिट्युड अफ हेल्थबाट ४ वर्षका लागि ३२ लाख डलरको ठुलो अनुसन्धान अनुदान पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण