आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनेछाैँ : कार्यकारी निर्देशक सिलवाल

मङ्गलबार, ०७ असोज २०८२, १६ : ३९
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् ।

सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । 

जेनजी आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले गत आइतबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका थिए।

कार्यकारी निर्देशक सिलवालले मंगलबार ऊर्जा मन्त्रालयबाट नियुक्ति पत्र बुझेसँगै पदभार ग्रहण गरेका छन् । उनले कार्यकारी निर्देशक पदभार ग्रहण गर्दै तत्कालीन ऊर्जा मन्त्री खड्काले आर्थिक प्रशासनिक विनियमावली अनुसार ठुलो आयोजना प्रतिस्पर्धापछि मात्रै गर्ने गरी कमिटी गठन गर्ने स्वीकृत गरेका छन् ।

त्यस्तै तत्कालीन ऊर्जा मन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको अध्यक्षको हैसियतमा कर्मचारी सेवा सर्त विनियमावली १२ औँ संशोधन पुनरावलोकनका लागि सञ्चालक समितिमा पेस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । 

कार्यकारी निर्देशक सिलवालले तत्कालीन ऊर्जामन्त्री खड्काले प्राधिकरणका १०औँ तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार कार्यकारी निर्देशकबाट खोसिएको थियो । 

उक्त निर्णयलाई पुनरावलोकन गरी कार्यकारी निर्देशकले नै १० औँ र सोभन्दा माथिल्ला तहका कर्मचारीको सरुवा, बढुवा र काजमा खटाउने अधिकार कार्यकारी निर्देशकलाई गर्ने निर्णयमा हस्ताक्षर गरिएको बताए । उनले दसैँ र तिहार नजिक आएकाले त्यसलाई फोकस गरेर काम गर्ने बताए । 

उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउने पहिलो प्राथमिकता रहने बताए । कार्यकारी निर्देशक सिलवालले विद्युत् बक्यौताका विषयमा विगतमा भएका निर्णयहरूलाई समेत पुनरावलोकन गरी तत्काल बक्यौता उठाउने गरी अघि बढ्ने योजना रहेको उल्लेख गरे । 

उनले भने,‘ प्राधिकरणमा आन्तरिक संरचना सुधार गर्ने,आन्तरिक नीतिहरू बनाउने र आर्थिक रूपमा प्राधिकरणलाई सम्पन्न गराउँदै जेनजीको भावना अनुसार काम गरिन्छ ।’

सिलवाल सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा हुन् । उनी २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए । 

पाँचौँ तहबाट सेवा प्रवेश गरेसँगै उनी प्राधिकरणको १२ औ तह (एमडी) भएपछि २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए । 

प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका इन्जिनियर हुन् । ऊर्जा मन्त्री घिसिङ प्राधिकरणका कार्यकारी प्रमुख हुँदा निकट भएर काम गरेका थिए । उनलाई प्राधिकरणको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप