गुलाम अलिको गीत ‘गजल उनकै गीत उनकै’मा दीपक र वर्षाको अभिनय
सारांश
- प्रसिद्ध गजलकार गुलाम अली खानको स्वर रहेको नेपाली गजल गीत सार्वजनिक भयो।
- गीतमा मनोज खड्काको शब्द र मिलन मोक्तानको संगीत रहेको छ, जसमा दीपक घिमिरे र वर्षा कुवँरको अभिनय छ।
- गुलाम अलीले नेपाली श्रोताका लागि यो गीत दिएको बताए, गीतमा प्रेम र भावनाको कथा छ।
काठमाडौँ । विश्व चर्चित गजलकार गुलाम अलिका खानका तीन पुस्ता उस्ताद गुलाम अलि खान, छोरा आमीर गुलान अलि खान र नाति नाजीर आमिर गुलाम अलि खानको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गति उनकै’सार्वजनिक गरिएको छ । मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।
मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा अन्तर्राष्ट्रिय नेपाली मोडल दीपक घिमिरे र वर्षा कुवँर (मिसेस ब्युटिक्वीन नेपाल २०२५’को अभिनय छ ।
केही अगाडि एक साङ्गीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलिले नेपाली आफ्ना नेपाली श्रोता तथा दर्शकका लागि यो गीत दिएको कार्यक्रममा सङ्गीतकार मीन मोक्तानले बताए ।
गीतले एक व्यक्तिले आफूलाई मन परेको केहीको विषयमा आफ्नो मनमा उब्जिएको भावना व्यक्त गरेका छन् । भिडियो पनि त्यस्तै कथा बुनिएको छ । जसमा रोमान्टिक जोडीको रूपमा दीपक र वर्षा प्रस्तुत भएका छन् ।
मिलन मोक्तानको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाङ्कन र अर्जुन खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण