सरकारले तत्काल नयाँ सरकारी साधन खरिद नगर्ने
सारांश
- सरकारले जेनजी आन्दोलनका कारण पुरानै सवारी साधन प्रयोग गर्न निर्देशन दिएको छ।
- सवारी साधनको उपयोगमा व्यापक खर्च कटौती गर्ने निर्णय गर्दै एकभन्दा बढी सवारी साधन उपलब्ध नगराउने भएको छ।
- निर्वाचन र शान्ति सुरक्षाका लागि आवश्यक परेमा मात्रै सवारी साधन खरिद गरिनेछ, र पुराना गाडीको बीमा गरिनेछ।
काठमाडौँ ।सरकारले जेनजी आन्दोलनका कारण मन्त्रालय तथा केन्द्रीय निकायहरूलाई मातहतका विभाग वा निकायका पुरानै सवारी साधन प्रयोग गर्ने निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार आन्दोलनको क्रममा देशभरका सरकारी निकायमा रहेका धेरै गाडीमा आगजनी भए पनि तत्काल खरिद नगर्ने निर्णय भएको छ ।
सरकारले सवारी साधनको उपयोगको सम्बन्धमा व्यापक खर्च कटौती गर्ने निर्णय गरेको छ ।
सरकारले सवारी सुविधा सम्बन्धी सम्बन्धित कानुनमा सङ्ख्या किटान भएकोमा बाहेक सवारी सुविधा पाउने राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई एक भन्दा बढी सवारी साधन उपलब्ध नगराउने/प्रयोग नगर्ने निर्णय गरेको हो ।
त्यस्तै,सवारी साधन क्षति भएका मन्त्रालय एवम् केन्द्रीय निकाय तथा कार्यालयले आफ्नो मातहतका विभाग, निकाय वा कार्यालयहरूमा भएका सवारी साधनबाटै व्यवस्थापन गर्ने निर्देशन दिएको छ ।
राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधाका लागि नयाँ सवारी साधन खरिद नगरी उपलब्ध सवारी साधनबाटै व्यवस्थापन गर्ने जनाएको छ । सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीलाई सवारी सुविधा व्यवस्थापन सम्बन्धी छुट्टै मापदण्ड ४५ दिनभित्र तयार गरी सोही बमोजिम व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सरकारले समयमा निर्वाचन सम्पन्न गर्न तथा शान्ति सुरक्षा प्रयोजनको लागि भने हाल उपलब्ध सवारी साधनबाट अपुग भएमा खरिद गर्न सकिने जनाएको छ । नयाँ खरिद वा पुराना बाँकी सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा गर्ने पनि निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण