बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एक दिनमा ४० हजार यात्रु उपत्यकाबाट बाहिरिए

बुधबार, ०८ असोज २०८२, ११ : २१
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । दसैँ मनाउन उपत्यका छाड्ने क्रम जारी रहेको छ  । जसअनुसार २४ घण्टाको अवधिमा ४० हजार हाराहारी सङ्ख्यामा यात्रुले उपत्यका छाडेका छन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म ३९ हजार ८१४ यात्रु उपत्यका बाहिरिएका हुन् ।

नागढुंगा, थानकोट–चित्लाङ, भीमढुङ्गा, चापागाउँ (भट्टेडाँडा),  फर्पिङ, साँखु तीनपिप्ले भक्तपुर हुँदै ती यात्रा उपत्यकाबाट बाहिरिएको कार्यालयले जनाएको छ । 

यस्तै सो अवधिमा ३२ हजार १८० जना यात्रु भित्रिएका पनि कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप