के अब राजनीतिक दल सुध्रिएलान् ?
जेन–जी आन्दोलनले अप्रत्याशित रूपमा सत्ता परिवर्तन भएसँगै एउटा बहस सतहमा आएको छ— के अब राजनीतिक दलहरू र तिनका नेतृत्व सुध्रिएलान् ?
मुलुकका व्याप्त बेथिति, भ्रष्टाचार र कुशासनको अन्त्य गरी सुशासन र पारदर्शिता स्थापना गर्नुपर्ने माग गर्दै भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँ लगायत देशका ठुला सहर वा जिल्ला सदरमुकामहरूमा जेन–जी (सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) ले आन्दोलन गरे । २३ गते शान्तिपूर्ण रूपमा गर्ने भनिएको आन्दोलनमा राज्यले अधिक बल प्रयोग गर्दा एकै दिन १९ आन्दोलनकारीले ज्यान गुमाए । त्यसको विरोधमा २४ गते देशभर नै आन्दोलनकारी आक्रोशित रूपमा प्रस्तुत भए । आन्दोलन राज्यको नियन्त्रणबाट बाहिर गएपछि जनधनको ठुलो क्षति बेहोर्नुपर्यो । ७३ जनाले ज्यान गुमाए भने सयौँ घाइते छन् । सार्वजनिक र निजी गरी अर्बौंको सम्पत्ति नष्ट भएका छन् ।
मूलतः भ्रष्टाचारको विरोधमा आन्दोलन उठ्नुका पछाडि राजनीतिक दलहरूका केही कमजोरी थिए । ठुल्ठुला भ्रष्टाचारका काण्डमा दलहरूका नेताहरू मुछिएको जग जाहेरै थियो । राज्यको माथिल्लोदेखि तल्लो निकायसम्म भ्रष्टाचार व्याप्त रहेको गुनासो सर्वत्र थियो । कुनै ठाउँमा अनुदानका लागि उस्तै प्रकृतिका व्यवसाय भएका मानिसहरूले सँगै अनुदानको आवेदन पेस गर्छन् तर समान प्रकृतिको व्यवसाय भए पनि राजनीतिक पहुँच भएको व्यक्तिले मात्र अनुदान पाउँछन् । यस्तै गुनासा व्याप्त थिए । ठुला भ्रष्टाचारसँगै साना–साना कुरामा पनि सुधार आवश्यक रहेको आन्दोलनकारीको आवाज थियो ।
ठुला भ्रष्टाचारलाई दलीयकरण गरेर केहीलाई जोगाएको, जोगाउन खोजेको र प्रतिशोधपूर्ण रूपमा मुद्दा अगाडि बढाएको पनि देखिएकै अवस्था थियो । हाम्रो कर्मचारीतन्त्र कस्तो छ भने, कुनै नेताको नाम लिएर कार्यालयमा गयो भने उसको नहुने काम पनि सहजै अगाडि बढ्छ । गाउँको कुनै साधारण नागरिकको हकमा भने कर्मचारीले विभिन्न प्रक्रिया र प्रमाणका कुरा गर्छन् । नियमित प्रक्रियाबाट हुनुपर्ने कर्मचारीको सरुवा–बढुवामा समेत नेतालाई घुस दिनुपर्ने अवस्था पनि जगजाहेरै छ ।
यसरी देशको सिस्टम बिगार्नुमा राजनीतिक दल र तिनका स्टेक होल्डरकै भूमिका छ । २०६२/६३ को जनआन्दोलनपछि मिलिजुली सत्तामा पुग्ने र बाँडीचुँडी खाने प्रवृत्ति बढ्यो । बढी लाभ लिनेमा नेता तथा कार्यकर्ता नै छन् । त्यसमाथि नेताहरूको जीवनशैली पनि बदलिएको थियो । उनीहरूले आज पैसा कमाउँछन् र पछि पैसा खर्च गरेर चुनाव जित्छन् । यसरी आफ्नो स्वार्थका लागि नेताले कार्यकर्ताबाहेक अरुलाई जनता देखेनन् । यस्तै बेथितिको सुधारका लागि आन्दोलन उठेको थियो ।
मूलतः भ्रष्टाचारको विरोधमा आन्दोलन उठ्नुका पछाडि राजनीतिक दलहरूका केही कमजोरी थिए । ठुल्ठुला भ्रष्टाचारका काण्डमा दलहरूका नेताहरू मुछिएको जग जाहेरै थियो । राज्यको माथिल्लोदेखि तल्लो निकायसम्म भ्रष्टाचार व्याप्त रहेको गुनासो सर्वत्र थियो ।
अब नेता सुध्रिनुको विकल्प छैन । अन्यत्र पाका नेतामा पनि नवीनतम सोच, विचार र काम गर्ने नयाँ शैली हुन्छ तर हाम्रा पुराना नेतामा त्यस्तो क्षमता देखिएन । अब दलहरूले आफ्ना कमजोरी सच्याउन जरुरी छ । दलहरू र त्यसका नेतृत्व पारदर्शी, जनमुखी, जवाफदेही र जिम्मेवार बन्न आवश्यक छ । भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, उत्पादनमा वृद्धि, सामाजिक न्यायको स्थापना लगायत मुद्दामा हाम्रा नेताको ध्यान कहिल्यै गएन । पार्टीमा र सरकारमा नेतृत्व गर्न मात्रै उनीहरूले होडबाजी गरिरहे । अहिले पनि नेता सुध्रिने छाँटकाँट देखिन्न ।
अहिलेको परिस्थितिमा पनि नेता तथा कार्यकर्ताहरूमा पार्टीलाई सुधार गरेर अगाडि बढाउनुपर्ने सोच देखिँदैन । मूल नेतृत्वले आफ्नो चाकरी गर्नेबाहेक अरुको कुरा सुन्दैनन् । दल, नेता वा कुनै शासक सुध्रिनु भनेको देश सुध्रनु हो; बेथिति, भ्रष्टाचार र विभेदहरू हट्नु हो ।
जेन–जी आन्दोलनपछि पुराना नेताको उपादेयता सकिएको छ । यिनै नेताका कारणले जेन–जी आन्दोलन उठेको थियो । आन्दोलनले दलहरूको सरकार र संसद् फालेर नयाँ निर्वाचन घोषणा भइसकेको छ । अहिलेकै अवस्थामा दलहरूले आफूलाई नसच्याए नसोचेकै परिणाम चुनावमा बेहोर्नुपर्ने अवस्था आउँछ । किनभने अहिलेको समाज र मतदाताले परिवर्तन खोजेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण