सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

कोदारी पहिरो स्थानीय र व्यापारीहरूलाई सधैँको सास्ती (तस्बिरहरू)

बुधबार, ०८ असोज २०८२, १२ : ५२
बुधबार, ०८ असोज २०८२

सारांश

  • नेपाल-चीन व्यापारिक मार्गको बाह्रबिसे तातोपानी सडक खण्डमा पहिरोका कारण स्थानीय र व्यापारीहरूले सास्ती खेप्नुपरेको छ।
  • पहिरोका कारण लाखौंको मालसामान सीमा क्षेत्रमा रोकिएको छ भने सरकारले आवश्यक बजेट विनियोजन नगर्दा समस्या भएको गुनासो छ।
  • स्थानीयका अनुसार कोदारी पहिरो २०३८ सालबाटै सुरु भएको र यसको रोकथामको लागि सरकारले प्रभावकारी काम नगरेको गुनासो छ।

काठमाडौँ । नेपाल चीनबिचको प्रमुख व्यापारिक मार्ग बाह्रबिसे तातोपानी सडक खण्डमा पहिरो जाँदा वर्षौँदेखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ । देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा लाखौं मालसामान सीमा क्षेत्रमा रोकिएका छन् । 

२०७२ सालको भूकम्प र कोरोना महामारी पछि बन्द अवस्थामा रहेको सो नाका रसुवाको केरुङ नाका बाढीले क्षति पूर्याएसँगै पुन लयमा फर्किएको भए पनि कोदारी पहिरो, दाकलाङ लगायत विभिन्न क्षेत्रमा गएको पहिरोमा कारण निर्धक्क रूपमा यात्रा गर्न सकिने अवस्थामा भने छैन ।

प्रमुख व्यापारी मार्ग भए पनि नेपाल सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा हरेक वर्ष पहिरो झेल्नु परेको स्थानीयहरू बताउँछन् ।

भोटेकोशी गाउँपालिकामा २ नं. वडा चौकीडाँडाका स्थानीय कृष्ण बहादुर राईका अनुसार कोदारी पहिरोले हरेक वर्ष असार साउन महिना देखि दुःख दिने, हिउँदको समयमा पहिरो रोकथामका लागि स्थानीय सरकार, सङ्घ र प्रदेश सरकारले खासै ध्यान नदिएको कारण अहिले सुख भोग्नु परेको बताए ।

02-Tatopani Naka_NPL__SG_1347

सो पहिरोले सडकमात्र नभएर ३‌ सय जति घरधुरी समेत जोखिम रहेको उनले जनाए । स्थानीयले हरेक पटक पहिरो रोकथाम र बाटो मर्मतका लागि माग राखे पनि कहीँ कतैबाट सुनुवाइ नभएको राईले जानकारी दिए ।

03-Tatopani Naka_NPL__SG_1357

स्थानीय अर्जुन धतानेका अनुसार कोदारी पहिरो २०३८ सालबाटै सुरु भएको पनि हाल सम्म प्रभावकारी रूपमा नियन्त्रणको काम नभएको बताए । मुख्य नाका भएको हुनाले सरकारले यसको रोकथाम र नियन्त्रणको काम लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्ने भए पनि हालसम्म त्यस्तो केही नगरेको उनले बताए ।

हरेक वर्ष पहिरोले बाट बन्द हुने अवस्था छ तैपनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले नहेर उनको गुनासो छ ।

04-Tatopani Naka_NPL__SG_1491

हाल अस्थायी रूपमा पहिरो नियन्त्रण, रोकथाम र सहज रूपमा सडक सञ्चालनका लागि ग्रभेल हाल्ने, पानीका मुहालहरुलाई ट्रयाप गरी सेफ ठाउँमा पठाउने र ढुङ्गा बिछ्याउने काम भई रहेको सडक डिभिजन चरिकोटका सब इन्जिनियर रामकृष्ण रिमालले जानकारी दिए ।

05-Tatopani Naka_NPL__SG_1493

धेरै पुरानो पहिरो भएका कारण तत्कालै नियन्त्रण गर्न नसकेपनि अहिले अस्थायी रूपमा सडक सञ्चालन र पहिरो रोकथामको काम भई रहेको उनले बताए । तस्बिर : नेपाल फोटो लाइब्रेरी

06-Tatopani Naka_NPL__SG_150207-Tatopani Naka_NPL__SG_151408-Tatopani Naka_NPL__SG_152009-Tatopani Naka_NPL_DSC0136110-Tatopani Naka_NPL_DSC0137911-Tatopani Naka_NPL_DSC0139512-Tatopani Naka_NPL_DSC0151413-Tatopani Naka_NPL_DSC0153114-Tatopani Naka_NPL_DSC0153315-Tatopani Naka_NPL_DSC01543

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप