५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता छैन : अर्थमन्त्री
बुधबार, ०८ असोज २०८२, १५ : ०२
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।
भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभावबारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारे ।
प्रदेश संरचना राजनीतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण