पैदल यात्रीका लागि बन्द गरियो न्यू मेक्सिकोको यो पुल, यस्तो छ कारण
बुधबार, ०८ असोज २०८२, २० : १८
वासिंटन । अमेरिकाको न्यू मेक्सिकोस्थित एउटा चर्चित पुल पैदल यात्रीका लागि बन्द गरिएको छ ।
‘रियो ग्रान्डे गर्ज ब्रिज’ पैदल यात्रीका लागि अनिश्चितकालीन बन्द गरिएको हो । यो पुलबाट हामफालेर आत्महत्या गर्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले पैदल यात्रीका लागि बन्द गर्ने निर्णय लिएको हो ।
सन् २०२५ मामात्र यो पुलबाट हामफालेर ६ जनाले आत्महत्या गरिसकेको जनाइएको छ । पछिल्लो पटक एक १५ वर्षीय किशोरले यो पुलबाट हामफालेर आत्महत्या गरेका छन् ।
पछिल्लो तीन सातामा मात्र यो पुलबाट तीन जनाले आत्महत्या गरेका छन्, जसमा एक अमेरिकी पूर्वसैनिक समेत छन् ।
यो एक हजार २८० फिट लामो छ भने ६०० फिट अग्लो छ । पुलको दायाँ–बायाँ ४ फिट अग्लो रेलिङ छ, जसलाई नाघेर हामफाल्दै आत्महत्या गर्नेहरूको संख्या बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण