बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नेपाल-वेस्ट इन्डिज क्रिकेट

शारजाहमा नेपाल-वेस्ट इन्डिज युनिटी कप २०२५ हुने

बिहीबार, ०९ असोज २०८२, ०० : ०६
बिहीबार, ०९ असोज २०८२

सारांश

  • शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बरमा नेपाल र वेस्ट इन्डिजबीच टी-२० युनिटी कप आयोजना हुने भएको छ।
  • नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएकाले नेपाली समर्थकहरू उत्साहित छन्।
  • खेलमा प्रवेशका लागि डिजिटल टिकट अनिवार्य गरिएको छ र सुरक्षा नियमहरू कडाइका साथ लागू हुनेछन्।

काठमाडौँ । आगामी सेप्टेम्बर महिनामा शारजाह क्रिकेट स्टेडियममा नेपाल र वेस्ट इन्डिजबिच हुने युनिटी कप टी- २० आयोजना हुने भएको छ। कप अन्तर्गत तीन खेल भदौ ११, १२, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०, २०२५) मा हुने तय भएको छ।

यो प्रतियोगितामा नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग प्रत्यक्ष टक्कर गर्ने भएकाले नेपाली समर्थकमाझ विशेष उत्साह देखिएको छ। शक्तिशाली वेस्ट इन्डिजविरुद्ध नेपालको प्रदर्शन कस्तो रहने भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ। शारजाहमा हुने खेलमा हजारौँ दर्शक उपस्थित हुने अपेक्षा गरिएको एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए । 

आयोजकले सम्पूर्ण टिकट प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाएको छ। दर्शकहरूले केवल क्वि टिकट्स मोबाइल एपमार्फत प्राप्त डिजिटल टिकट देखाएर मात्र प्रवेश पाउनेछन्। प्रिन्टआउट, पीडीएफ वा स्क्रिनसट देखाएर प्रवेश गर्न पाइने छैन।

साथै, खेलमा प्रवेश गर्दा सुरक्षा नियम कडाइका साथ लागू गरिने आयोजकले जनाएको छ। बाहिरी खानेकुरा, पेयपदार्थ, हतियार वा धारिलो वस्तु, लाइटर र अन्य प्रतिबन्धित सामग्री स्टेडियमभित्र लैजान पाइने छैन। केवल नेपाल, वेस्ट इन्डिज र युएईका झण्डा मात्रै स्टेडियममा लैजान अनुमति हुनेछ।

दुई वर्षभन्दा माथिका बालबालिकाले अनिवार्य रूपमा टिकट लिनुपर्नेछ भने दुई वर्षभन्दा तलका बालबालिकालाई छुट्टै सिट दिने व्यवस्था नहुने बताइएको छ। खेल हेर्न आउने दर्शकको सुरक्षाका लागि प्रवेशद्वार खेल शुरु हुनुभन्दा दुई घण्टा अघि साँझ ४ः३० बजे नै खोलिने आयोजकले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप