अस्थिर पाकिस्तानविरुद्ध भोको बङ्गलादेश भिड्दै
सारांश
- भारतले एसिया कप सुपर-४ मा बङ्गलादेशलाई हराएर फाइनलमा स्थान बनाएको छ, जसले श्रीलंकालाई बाहिर पारेको छ।
- पाकिस्तान र बङ्गलादेशबीचको खेल नकआउट हुनेछ, जित्ने टोली फाइनलमा पुग्नेछ र हार्ने बाहिरिनेछ।
- दुबईमा हुने खेलमा पाकिस्तान बलियो देखिएको छ, तर बङ्गलादेशले पनि राम्रो प्रदर्शन गरेको छ।
काठमाडौँ । भारतले बङ्गलादेशलाई एसिया कप सुपर–४ को खेलमा हराएर फाइनलमा स्थान बनाएको छ । यससँगै श्रीलङ्काको टोली प्रतियोगिताबाट बाहिरिएको छ । अब पाकिस्तान र बङ्गलादेशबिच आज हुने खेल नकआउट जस्तै हुनेछ । यो जित्ने टोली फाइनलमा पुग्नेछ र हार्ने टोली श्रीलङ्कासँगै बाहिरिनेछ ।
आजको खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ८:१५ बजेदेखि खेलाइनेछ । टस ७ः४५ बजे हुनेछ । बङ्गलादेश र पाकिस्तान दुवैले भारतविरुद्ध खेलमा पराजित भएक थिए । तर दुवैले श्रीलङ्कालाई १–१ खेलमा हराए । यसकारण आजको खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।
बङ्गलादेशले हालै टी–ट्वान्टी सिरिजमा पाकिस्तानलाई हराएको थियो । बङ्गलादेश र पाकिस्तानबिच टी–ट्वान्टीमा अहिलेसम्म कुल २५ खेल खेलिएका छन् । जसमा पाकिस्तानले २० र बङ्गलादेशले ५ खेलमा जित हासिल गरेको छ । तर, गत जुलाईमा दुई टोलीबिच तीन खेलको टी–ट्वान्टी सिरिज भएको थियो, जसलाई बङ्गलादेशले २–० ले आफ्नो नाममा गरेको थियो ।
साहिबजादाले पाकिस्तानका लागि सबैभन्दा धेरै रन बनाएका छन् । पाकिस्तान यो खेलमा बलियो देखिएको छ । टोलीका तिब्र गतिका बलर शाहीन अफरीदी र हारिस रऊफले राम्रो बलिङ गरिरहेका छन् । अघिल्लो खेलमा पनि यी दुवैले पाँच विकेट लिएका थिए । यी दुई बाहेक सईम अयूबले पनि राम्रो बलिङ गरेका छन् । टप अडरमा साहिबजादा फरहानले राम्रो ब्याटिङ गरेका छन् । साहिबजादा एसिया कप २०२५ मा टोलीका टप स्कोरर हुन् ।
बंगलादेशको तर्फबाट मुस्तफिजुरले राम्रो प्रदर्शन गरिरहेका छन् । अर्कोतर्फ, बङ्गलादेश टोलीले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ । मुस्तफिजुर रहमानले राम्रो बलिङ गरिरहेका छन् । तर, टोलीका अलराउन्डर महेदी हसन खराब लयबाट गुज्रिरहेका छन् । टोलीको ब्याटिङमा पनि स्थिरताको कमी छ । टप अडर ब्याटर तौहीद हृदॉयले सबैभन्दा धेरै १२७ रन बनाएका छन् । मुस्तफिजुर रहमानले सबैभन्दा धेरै विकेट लिएका छन्।
दुवै टोलीको सम्भावित प्लेइङ–११
पाकिस्तानः सलमान आगा (कप्तान), सईम अयूब, साहिबजादा फरहान, फखर जमान, तलत हुसैन, मोहम्मद हारिस (विकेटकीपर), मोहम्मद नवाज, फहीम अशरफ, शाहीन शाह अफरीदी, हारिस रउफ र अबरार अहमद।
बंगलादेशः लिटन दास (कप्तान), सैफ हसन, तंजिद हसन, तौहीद हृदॉय, शमीम हुसैन, जाकिर अली, मेहदी हसन, नासुम अहमद, तस्किन अहमद, तंजिम हसन र मुस्तफिजुर रहमान ।
दुबईमा चेज गर्न फाइदाजनक दुबई स्टेडियमको पिचमा सुरुमा तीव्र गतिका बलरहरूलाई केही सहयोग मिल्नेछ । मध्य क्रमको ओभरहरूमा स्पिनरहरू पनि प्रभावशाली हुन सक्छन् । दुबई स्टेडियममा अहिलेसम्म १०० टी–ट्वान्टी खेल खेलिएका छन् । यसमा पहिले ब्याटिङ गर्ने टोलीले ४८ र चेज गर्ने टोलीले ५२ खेल जितेका छन् । यो मैदानमा अहिलेसम्मको हाईएस्ट टिम स्कोर २१२/२ रहेको छ, जुन २०२२ मा भारतले अफगानिस्तानविरुद्ध बनाएको थियो । त्यस्तै, पहिलो इनिङमा एवरेज स्कोर १४५ रन छ ।
३९ डिग्री सेल्सियससम्म तापक्रम हुन सक्ने एसिया कप सुपर–४ को पाँचौँ खेल दुबईमा खेलाइनेछ । दुबईमा बिहीबार तापमान ३९ डिग्री सेल्सियससम्म पुग्न सक्छ र ह्युमिडिटी ५६% रहने अनुमान छ । वर्षाको बिलकुलै सम्भावना छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण