ईएफएल : आर्सनल र सिटीको सहज जित
बिहीबार, ०९ असोज २०८२, ०९ : ३७
सारांश
- आर्सनल र म्यान्चेस्टर सिटीले ईएफएल फुटबलमा सहज जित निकाले।
- सिटीले हडर्सफिल्ड टाउनलाई २-० गोलले पराजित गर्यो, जसमा फोडेन र साभिन्होले गोल गरे।
- आर्सनलले पोर्ट भललाई २-० गोलले हरायो, जसमा इजे र टोसार्डले गोल गरे।
काठमाडौँ । प्रिमियर लिग क्लब आर्सनल र म्यान्चेस्टर सिटीले ईएफएल फुटबलमा सहज जित निकालेका छन् । बुधबार राति भएको खेलमा सिटीले हडर्सफिल्ड टाउनमाथि २–० गोलको जित निकालेको हो ।
हडर्सफिल्डको घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेन र साभिन्होले एक–एक गोल गरे । खेलको १८औँ मिनेटमा फोडेनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ७४औँ मिनेटमा साभिन्होले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाए । बुधबार राति नै भएको अर्को खेलमा आर्सनलले पोर्ट भलमाथि २–० गोलको जित निकाल्यो ।
आर्सनललाई जित दिलाउन बेरेन्चि इजे र लेनार्दाे र्टाेसार्दले एक–एक गोल गरे । त्यस्तै अर्को खेलमा टोटेनहमले डोनकास्र्टरमाथि ३–० गोलको जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण