अपडेट
प्राधिकरणले थप उडान अनुमतिका लागि सहजीकरण गर्ने
बिहीबार, ०९ असोज २०८२, १० : ०९
सारांश
- दसैँ, तिहार र छठमा यात्रुलाई सहज हवाई यात्राका लागि प्राधिकरणले थप उडान अनुमति दिने भएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीबीचको छलफलमा यस्तो निर्णय भएको हो।
- वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट दिने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज हवाई यातायात उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई थप उडान अनुमतिका लागि सहजीकरण गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीहरू सहित सरोकारवालाको उपस्थितिमा बुधबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको छलफलमा यस्तो निर्णय भएको हो।
छलफलमा सहभागी वायुसेवा कम्पनीहरूले स्वीकृत उच्चतम भाडादरभन्दा कममा टिकट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। माग अनुसार यात्रुको चाप बढ्ने सम्भावना भएकाले प्राधिकरणले सुरक्षाको प्रत्याभूतिसहित वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण