शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

बिहीबार, ०९ असोज २०८२, १२ : ४४
बिहीबार, ०९ असोज २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागका महानिर्देशकले एक हप्ता नेपालमा मनसुन सक्रिय रहने बताए।
  • विभागले २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने लक्ष्य लिएको छ।
  • विभागको प्राविधिक सूचना र जनतामा जाने सूचनामा एकरूपता हुनुपर्नेमा जोड दिए।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अझै एक हप्ता नेपालमा मनसुन सक्रिय रहने बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । 

सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने लक्ष्य रहेको भन्दै उनले  विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रूपमा गरिरहेको जानकारी दिए । 

विभाग, विश्व मौसम संगठन र कार्डबिच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने कार्यको लागि सहकार्य भएको उनले जानकारी दिए । सोही सहकार्यअनुसार काम गरिरहेको उनको भनाई छ । 

उनले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाइमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताए । विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथि प्रश्न उठ्ने गरेको उनले गुनासो गरे ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप