भ्रष्टाचारीहरु लुटेको सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन् : डा.बाबुराम भट्टराई
सारांश
- डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्।
- भट्टराईले सरकारसँग वार्ता गरेर निर्वाचन प्रणाली सुधार गर्न आग्रह गरे।
- उनले भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बनाउनुपर्ने र लुटेको सम्पत्ति छानबिन गर्नुपर्ने बताए।
काठमाडौँ । नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन् ।
‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो । यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्यो’, भट्टराईले भने– ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्यो ।’ उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए ।
उनले भने– ‘भ्रष्टचारीहरुसँग लुटेर राखेको अर्वौ सम्पत्ति छ, अलिअलि त अस्ति जल्यो तर अरू पनि लुकाएर राखेका छन् । त्यसैको बलमा उनीहरू चुनाव जितेर आउँछन् । त्यसैले यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन ।’
डा.भट्टराईले जेनजीले गरेको त्याग र बलिदानबाट प्राप्त उपलब्धि जोगाउन पनि सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण