भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छानबिन गरी कारबाही नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : भट्टराई
सारांश
- डा. बाबुराम भट्टराईले नयाँ शक्ति अभियानबाट अलग नभएको प्रष्ट पारेका छन्।
- उनले भ्रष्ट नेताहरू फेरि देखा परेको र उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए।
- भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन र शक्तिशाली लोकपाल आयोगको आवश्यकता औंल्याए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नयाँ शक्तिको अभियानबाट आफू अलग नभएको प्रष्टीकरण दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट बुधबार पद त्याग गरेका उनले आज पत्रकार सम्मेलन गरी यस्तो प्रष्टीकरण दिएका हुन् । विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन् ।
‘म कुनै आन्दोलनबाट अलग भएको छैन । नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु । हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ । नयाँ शक्ति अभियानबाट अलग भएको छैन । यसमा विल्कुल भ्रम नरहोस्’, उनले भने ।
राजनीति स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन अनिवार्य भएको उनले दोहोर्याए । भट्टराईले भ्रष्ट नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्नेमा जोड दिए ।
‘भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेका छन् । ती शक्तिलाई बेलैमा चिन्नुपर्छ । विदेशी शक्तिको आडमा विद्रोह गरेका भनेका छन् । तर यो विद्रोह यहाँका युवाहरूले आवश्यकताका अनुसार गरेका हुन्’, उनले भने, ‘भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ । उनीहरूका केही सम्पत्ति डढेको भनिएको छ, तर उनीहरूका सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन ।’
देश र जनताको परिवर्तनका लागि आफूले आजीवन लड्दै आएको एक राजनीति प्रणाली भएको जिकिर गरे । भदौ २३ र २४ गतेको जेनजी विद्रोह २००७ साल देखिको लोकतान्त्रीकरण गर्ने नयाँ कडी भएकाे उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण