श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको साधारण सेयर बाँडफाँट
सारांश
- नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको साधारण सेयर बाँडफाँट सम्पन्न गर्यो।
- रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाका लागि आवेदन परेको सेयरमा ३,७८६ आवेदकको आवेदन परेको थियो।
- गोलाप्रथा मार्फत सेयर बाँडफाँट गर्दा २,८३८ जना छनोट भए र उनीहरूलाई सेयर प्रदान गरियो।
काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री व्यवस्थापनमा जारी गरिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड को साधारण सेयर बाँडफाँट सम्पन्न भएको छ।
रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयरका लागि कुल ३,७८६ आवेदकबाट ४ लाख ८९ हजार ७९० कित्ता आवेदन परेको थियो। तर, ९ जना आवेदकले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई छुट्ट्याइएको कोटामा समेत आवेदन दिएको पाइएपछि उनीहरूको १,३३० कित्ता सेयर रद्द गरियो। त्यसपछि कुल ३,७७७ जना आवेदकका ४ लाख ८८ हजार ४६० कित्ता आवेदन मान्य बने।
मान्य आवेदनमध्ये प्रथम चरणमा न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने ९३२ जना आवेदकलाई मागअनुसार २०,९९० कित्ता सेयर र ५० देखि ५,००० कित्तासम्म माग गर्ने २,८४५ जना आवेदकलाई समान ४० कित्ताका दरले १ लाख १३ हजार ८०० कित्ता सेयर बाँडफाँट गरियो।
दोश्रो चरणमा बाँकी २,८४५ जना आवेदकमध्ये गोला प्रणालीमार्फत २,८३८ जना छनोट गरिए। तीमध्ये २,८३३ जनालाई थप १० कित्ताका दरले २८,३३० कित्ता र अन्तिम ५ जनालाई ५ कित्ता गरी कुल २८,३३५ कित्ता सेयर बाँडफाँट गरियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण