शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीको सम्बोधन

संविधान संशोधन वर्तमान सरकारको कार्य क्षेत्र होइन, आउने संसद्ले गर्नेछ : प्रधानमन्त्री कार्की

बिहीबार, ०९ असोज २०८२, १८ : २५
बिहीबार, ०९ असोज २०८२


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् । 

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताइन् । 

उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् । त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा उनले आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप