इसेवा, खल्तीलगायतबाट पैसा कारोबारको सीमा बढ्यो
शुक्रबार, १० असोज २०८२, १० : ४३
सारांश
- नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै मोबाइल वालेटबाट हुने दैनिक कारोबारको सीमा बढाएको छ।
- प्राकृतिक व्यक्तिले अब दैनिक अधिकतम ४० पटकसम्म कारोबार गर्न सक्नेछन्, जुन पहिले १० पटक मात्र थियो।
- यो व्यवस्था फूलपातीदेखि पूर्णिमासम्म लागू हुनेछ, जसले डिजिटल दक्षिणा भुक्तानीलाई सहज बनाउनेछ।
काठमाडौँ । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो ।
अहिले प्राकृतिक व्यक्तिले वालेटबाट दिनमा बढीमा १० पटकसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था छ । यसलाई बढाएर अधिकतम दैनिक ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।
यो व्यवस्था असोज १३ गते (फूलपातीको दिन) देखि पूर्णिमाको दिनसम्म लागु हुनेछ । बैंकले डिजिटल दक्षिणा भुक्तानीलाई सहज गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।
अहिले डिजिटल वालेटमा करिब दुई दर्जन कम्पनी सञ्चालनमा छन् । ईसेवा, खल्ती, नमस्ते पे लगायत वालेट अहिले सबैभन्दा धेरै प्रचलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण