आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १० असोज २०८२, ११ : ३३
शुक्रबार, १० असोज २०८२

सारांश

  • शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
  • छापावाल सुन तोलामा १ हजार २०० रुपैयाँले वृद्धि भई २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य हालसम्मकै उच्च, प्रति तोला २ हजार ७४० रुपैयाँ पुगेको छ।

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रवार १ हजार २०० रुपैयाँ बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो । 

यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप