चन्द्रनिगाहपुरमा खुला देहव्यापार, नियमनकारी निकाय मौन रहेको स्थानीयको आरोप
सारांश
- रौतहटको चन्द्रपुर नगरपालिकामा देहव्यापार भइरहेको आरोपमा स्थानीय बासिन्दाले प्रहरी प्रशासनको मौनताप्रति आक्रोश व्यक्त गरेका छन्।
- स्थानीय बासिन्दाहरूले प्रहरीमा उजुरी दिए पनि कारबाही नभएको गुनासो गर्दै प्रहरी प्रशासन र जनप्रतिनिधिप्रति असन्तुष्टि जनाएका छन्।
- टेकान बसपार्क नजिकै एक महिलाले किशोरीहरूलाई प्रयोग गरी देहव्यापार गराउँदै आएको आरोप छ, प्रहरीले आवश्यक कारबाही गर्ने जनाएको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहे पनि प्रहरी प्रशासन मौन रहेको आरोप स्थानीयवासीले लगाएका छन् ।
उनीहरूका अनुसार यस घटनाले सामाजिक परिवेश बिगारेकोमात्र होइन, युवापुस्तामा पनि नकारात्मक असर पारिरहेको छ ।
स्थानीयवासीहरूले करिब १०–१५ दिनअघि नै सामूहिक रूपमा प्रहरीसमक्ष उजुरी दिएका थिए, तर अझैसम्म ठोस कारबाही नभएको भन्दै उनीहरू प्रहरी प्रशासन र जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘हामीले प्रमाणसहित उजुरी दिएका थियौँ, तर प्रहरीबाट कुनै पहल नभएको देख्दा निराश भएका छौँ,’ एक स्थानीयले भने ।
यो विषय गाउँका केही युवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । स्थानीयले प्रहरी प्रशासनको ढिलासुस्तीलाई ‘संगठित मिलेमतो’को सङ्केतका रूपमा व्याख्या गरेका छन् ।
द युनिटी अफ टेकान क्लबका अध्यक्ष सोम गुरुङका अनुसार सन्तपुरकी एक महिलाले टेकान बसपार्क छेउमा कोठा भाडामा लिएर झन्डै एक दर्जनभन्दा बढी किशोरीलाई राखेर लामो समयदेखि देहव्यापार गराउँदै आएकी छन् । ‘पहिले ती किशोरीलाई होटल–रेस्टुरेन्टमा पठाइन्थ्यो, तर पछिल्लो समय उनले आफ्नै कोठामा पुरुष ग्राहक बोलाएर व्यवसाय गर्दै आएकी छन्,’ अध्यक्ष गुरुङले भने ।
यसप्रकारको विकृतिले सिङ्गो समाजमाथि गम्भीर असर पारिरहेको उनको भनाइ छ । ‘मैले आँट गरेर भिडियो फेसबुकमा राखेँ । त्यसलाई हटाउन दबाब आए पनि हटाएको छैन,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीले यस्ता गैरकानुनी गतिविधि रोक्न प्रहरी सक्रिय रहेको दाबी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
‘उजुरीका आधारमा आवश्यक प्रमाण संकलन र निगरानी भइरहेको छ । छिटै कानुनी कारबाही अघि बढाइनेछ,’ उनले रातोपाटीसँग भने ।
स्थानीयवासीहरूका अनुसार संवेदनशील क्षेत्रमा रहेको बसपार्क अगाडि नै यस्ता गैरकानुनी गतिविधि चल्नु प्रशासनिक कमजोरीको स्पष्ट उदाहरण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण