केन्द्रीय कारागारबाट भागेका दुई जना धुम्बाराहीबाट पक्राउ
शुक्रबार, १० असोज २०८२, १३ : ५०
सारांश
- सुन्धारा कारागारबाट भागेका दुई जनालाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रेका सुमन लामा र पुरुषोत्तम धिताल रहेका छन्।
- उनीहरू भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा भागेका थिए।
काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट भागेका दुई जनालाई प्रहरीको काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३२ वर्षीय सुमन लामा र ४२ वर्षीय पुरुषोत्तम धिताल छन् ।
उनीहरू जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा कारागारबाट भागेका थिए । लामालाई बलात्कार मुद्दामा अदालतले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । धिताल सवारी ज्यान मुद्दामा जेल परेका थिए । उनलाई अदालतले ३ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण