देश गम्भीर सङ्कटमा छ, सबैले सोच्न आवश्यक छ : विद्या भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताइन्।
- उनले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन्।
- उनले देशमा शान्ति र स्थिरता कायम गर्दै समयसापेक्ष विकास गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् ।
‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, भण्डारीले भनिन्– ‘वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ ।’ उनले जेनजीले त्यत्रो घटना कसरी गराए होलान् भनेर प्रश्न समेत गरिन् ।
‘यसरी माग पुरा होलान् र ? यो रहस्यमय घटनाजस्तो भएको छ’, उनले भनिन्– ‘यसबारेमा नेपाली समाज र नागरिकले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ ।’
उनले मुलुक संगीन घडीमा रहेको भन्दै शान्ति र स्थिरता कायम गर्दै समयनाकूल विकास अघि बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । ‘हाम्रो बिचको सामूहिक भावना, सहकार्य नभई समाधान गर्न सक्दैनौ’, उनले भनिन्– ‘धेरै ठुलो सङ्कट आइलागेको छ । अराजकता कायमै छ । यसबारेमा सोच्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण