बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, एक वर्षमा आए पाँच अध्यक्ष
सारांश
- जनकराज शर्मा बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन्।
- शर्माले अर्थमन्त्रीसँग शपथ लिएर पदभार ग्रहण गरेका छन्, र अदालतमा मुद्दा विचाराधीन छ।
- यो नियुक्तिसँगै एक वर्षमा बिमा प्राधिकरणले पाँच जना अध्यक्ष पाएको छ।
काठमाडौँ । बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाल सरकारका सहसचिव शर्मालाई प्राधिकरणको अध्यक्ष बनाउने निर्णय गरिएको हो ।
नवनियुक्त अध्यक्ष शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसँग शपथ लिएका छन् । उनले आजै पदबहाली गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । अहिले बिमा प्राधिकरणको अध्यक्षको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यसअघि नियुक्त भएका शरद ओझालाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनले अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटउपर सुनुवाइ गर्दै अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको थियो ।
योसँगै ओझा प्राधिकरणमा हाजिर भएका थिए । तर अर्थ मन्त्रालयसँगको सहमतिबिनै हाजिर हुन गएको भन्दै मन्त्रालयले उनलाई हाजिरीमा रोक लगाउन निर्देशन दिएपछि ओझा हाजिर हुन पाएका थिएनन् । सर्वोच्चले बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि निलम्बनको निर्णय बदर नभएकोले अहिले ओझा निलम्बित अवस्थामा रहेको मन्त्रालयको बुझाइ छ ।
ओझाको बर्खास्तीसँगै प्राधिकरणमा सेवन्तक पोखरेलले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । अर्थ मन्त्रालयका तर्फबाट प्राधिकरणमा प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा केही दिनअघि पोखरेलको ठाउँमा शर्मालाई पठाएर उनैलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
यसैबिच गत आइतबार सरकारले रिक्त सार्वजनिक संस्थानमा तत्काल नेपाल सरकारको स्थायी सेवाका कर्मचारीलाई नै कामकाज तोक्ने गरी निर्णय गरेको थियो । शर्मा हाल आन्तरिक राजश्व विभागका उपमहानिर्देशक हुन् । उनी यसअघि ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासन समेत थिए ।
नयाँ नियुक्तिसँगै एक वर्षमा बिमा प्राधिकरणले पाँच जना अध्यक्ष पाएको छ । गत तिहार अघिसम्म सूर्यप्रसाद सिलवाल प्राधिकरणको अध्यक्ष थिए । उमेर विवादमा छानबिनमा तानिएपछि उनको ठाउँमा मदन दाहाल अध्यक्ष बनेका थिए । पछि शरद ओझाको नियुक्ति भएको थियो । ओझा छानबिनमा परेपछि पोखरेल अध्यक्ष बनेका थिए भने अहिले शर्मा अध्यक्ष बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण