नेपाली टिमले जित्यो कलिनेरी मलेसिया २०२५ मा कास्य पदक
मलेसिया । क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ मा सम्पन्न भएको एसियाको सबैभन्दा ठुलो र प्रतिष्ठित पाककला प्रतियोगिता 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗶𝗿𝗲 𝗠𝗮𝗹𝗮𝘆𝘀𝗶𝗮 𝟮𝟬𝟮𝟱 मा नेपाली टिमले तेस्रो स्थान (कांस्य पदक) प्राप्त गरेको छ ।
एसियाको सबैभन्दा ठुलो र प्रतिष्ठित पाककला एवं खाद्य प्रदर्शनी, एक्स्पो कुलिनेरको रूपमा आयोजना भएको यस कार्यक्रममा ५० भन्दा बढी देशका झन्डै १५०० जना युवा सेफहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिएका थिए ।
सेफ एसोसिएसन अफ नेपालको अगुवाइमा महासचिव पदम बहादुर आले मगरको नेतृत्वमा रहेको टोलीमा सनिल डंगोल,छत्र बहादुर थापामगर ,पदम बहादुर मगर सहभागी थिए ।
ग्रान्ड फिनालेमा अगानोमा सेकेको कुखुरा,बसारीमा पोलेको माछा ,योमरी जस्ता नेपाली परिकारहरूको चयनले निर्णायकहरूलाई प्रभावित पारे, जसले नेपालको पाककला सम्पदालाई विश्वव्यापी रूपमा चर्चामा ल्यायो ।
प्रतियोगितामा नेपाली खानालाई परिचित गराएर नेपाल र नेपालीको शिर उँचो बनाए । अबका दिनमा नेपाली परिकार स्वादिष्ट र स्वस्थ मात्र होइन विश्वसामु प्रतिस्पर्धा गर्न लायक पनि छन् भनी प्रमाणित गरेर देखाउन नेपाल सफल भएको छ।
ग्यास्ट्रोनोमिक सीप, कलात्मकता र नवीनताको उत्सवमा प्रतिस्पर्धा रहेको दक्षिण पूर्वी एसियाकै ठुलो पाककला प्रतियोगिताको नेपालको तर्फबाट पदम बहादुर आले मगर निर्णायकको भूमिका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण