फुटबल प्रतियोगितामा कुटाकुट हुँदा चार जना घाइते
सारांश
- मुगुको सोरु गाउँपालिकामा फुटबल खेल सुरु हुने बित्तिकै कुटाकुट हुँदा चार जना घाइते भए।
- घाइतेमध्ये तीन जनालाई हेलिकप्टरमार्फत प्रदेश अस्पतालमा लगियो, जसमा धारिलो हतियार प्रयोग भएको थियो।
- गत वर्षको पुरस्कारलाई लिएर खेलाडीहरूबीच विवाद भएको र पवन कार्की केही महिनाअघि मात्रै जेलबाट छुटेका थिए।
हुम्ला । मुगुको सोरु गाउँपालिका भिइमा आयोजना गरिएको फुटबल खेलको सुरुआतमै आपसी कुटाकुट हुँदा चार जना घाइते भएका छन् । घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
बडादसैँका अवसरमा अलस्टार युवा क्लबद्वारा आज आयोजित उक्त फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै आपसी झडप भएको थियो । उक्त गाउँपालिका–३ का पवन कार्कीलगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामीलाई गम्भीर चोट लागेको थियो । झडपमा परी गम्भीर घाइते भएकामध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पुर्याएको प्रजिअ खत्रीले बताए ।
उक्त घटनाबारे वडाध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा आफू नभएकाले खासै जानकारी नभएको बताए । तर गत वर्षको पुरस्कार नदिएको भन्दै यसअघि खेलाडीहरू रिसाएकाले कुटाकुट भएको भन्ने आफूले सुनेको उनले बताए ।
यता घटनाको मुचुल्का गर्न पुगेका सोरुबर्मा प्रहरी चौकी इन्चार्ज देबबहादुर खड्काको टोली घटनास्थल पुगेको छ । तत्काल घटनाको यथार्थबारे केही भन्न नसकिने अवस्था रहेको इन्चार्ज खड्काले बताए ।
प्रजिअ खत्रीका अनुसार उनीहरू उक्त घटना विगतकै विवादका कारण भएको बताए । केही समय अगाडि पनि सो समूहबिच कुटाकुट भएको थियो । तर आजको घटनामा धारिलो हतियार प्रयोग गर्ने पवन कार्की भनिने व्यक्ति भर्खरै केही महिनाअघि मात्र जेलबाट छुटेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण