जेनजी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शन गरेको छ।
- राप्रपाले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दु राष्ट्र लगायतका माग राखेको छ।
- राप्रपा नेतृ खुम्बु ओलीले अन्तरिम सरकारलाई जेनजी आन्दोलनको भावना विपरित नजान चेतावनी दिइन्।
काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । शनिवार काठमाडौँको माइतीघर मण्डलामा भेला भई राप्रपाका नेता–कार्यकताहरुले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो लेखेको कालो टिसर्ट लगाएर विरोध गरेका छन् । उनीहरुले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दु राष्ट्र, संविधानको पुनः लेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग राखेका छन् ।
७५ जनाको बलिदान, फेरि यही संविधान, देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर, जेनजीका हत्यारालाई कारबाही गर, २०४६ सालपछिका उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

जेनजी आन्दोलनमा मृत्युवरण गरेका परिवार र देशको परिवर्तनको लागि लडेका युवाहरूको साथमा राप्रपा रहेको बताए । विरोध प्रदर्शनका क्रममा कुराकानी गर्दै राप्रपाकी नेतृ खुम्बु ओलीले विविध विकृति अन्त्यको माग राख्दै आफूहरू सडकमा आएको बताइन् ।
_JwohcYZjBM.jpg)
राजनीतिक दलका नेताहरूले पुनः टाउको उठाउने प्रयास गर्नु जेन जी आन्दोलनलाई दबाउनु रहेको बताइन् । अन्तरिम सरकारलाई जेनजी क्रान्तिको भावना विपरीत नजान र शहीदको रगतको नजरअन्दाज नगर्न चेतावनी दिइन् ।
_OMN7SXk4cI.jpg)
उनले अन्तरिम सरकार क्रान्तिको भावना विपरीत जान खोजेको भन्दै आपत्ति जनाइन् । अन्तरिम सरकारले जेनजी आन्दोलनमा दमन गर्न आदेश दिनेहरूमाथि कारबाहीका लागि कुनै पहल नगरेको, भ्रष्टाचार छानबिनका लागि कुनै आयोग गठन नगरेकाले पनि जेनजी आन्दोलनप्रति अन्तरिम सरकार जिम्मेवार नरहेको ठहर हुने निष्कर्ष रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण