मनोरञ्जनको पर्याय मापसे भन्ने प्रवृत्ति गलत : एआईजी कार्की
सारांश
- उपत्यका ट्राफिक प्रहरीले चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि 'ट्राफिक वाक' कार्यक्रम आयोजना गर्यो।
- एआईजी दान बहादुर कार्कीले चाडपर्वमा मापसे र दुर्घटना बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गरे।
- कार्कीले ओभर स्पिड र ओभरलोडका कारण चाडपर्वमा दुर्घटना निम्त्याउन नहुने कुरामा जोड दिए।
काठमाडौँ । चाडपर्व लक्षित सुरक्षा सचेतनाको लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘ट्राफिक वाक’ कार्यक्रम आयोजना गरेको छ । आइतबार रानीपोखरीबाट सुरु भएको सचेतनामूलक ‘ट्राफिक वाक’ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको हो ।
चाडपर्व लक्षित सुरक्षा सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले चाडपर्वमा मनोरञ्जनको पर्याय मादक पदार्थ भन्ने गलत प्रवृत्ति समाजमा विकाश हुँदै गएको बताए । उनले भने, ‘मनोरञ्जनको पर्याय मापसे भन्ने गलत प्रवृत्तिले होनहार व्यक्तिहरूले ज्यान गुमाएका छन् ।’
दसैँ, तिहार लगायतका चाडपर्वमा मादक पदार्थ सेवनलाई मनोरञ्जनको पर्याय मानेर सवारीसाधन चलाउँदा दुर्घटनाको दर बढेको कार्कीले बताए । उनले भने, ‘मूल संस्कृतिबाट विचलित भएर मादक पदार्थ सेवन गरेर जथाभाबी सवारी चलाउनु हुँदैन ।’
नेपालका सडक ओभर स्पिड हाँक्न नमिल्ने खालको भएको उल्लेख गर्दै कार्कीले भने, ‘ओभरलोड बोकेर तथा ओभरस्पिड हाँकेर चाडपर्वमा दुर्घटना ननिम्त्याउँ ।’
‘सुरक्षित यात्रा गरौँ’ भन्ने स्लोगन हिन्दुहरूको गायत्री मन्त्र जस्तो भएको कार्कीले बताए । उनले भने, ‘घर घरबाट सुरक्षा सचेतना अपनाऔँ ।’
काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आयोजना गरिएको सचेतनामूलक ट्राफिक वाकमा नगर प्रहरी बलका अधिकृतहरू पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण