वरुण धवनको ड्राइभरले मान्छेमाथि चलाए गाडी
नयाँ दिल्ली । बलिउड अभिनेता वरुण धवन यतिबेला ‘सनी संस्कार की तुलसी कुमारी’ फिल्मका कारण चर्चामा छन् । अभिनेताले फिल्मको प्रचारप्रसारमा कुनै कसर बाँकी राखेका छैनन् । यसैबिच सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा एक जना मानिसले वरुणको चालकलाई लापरवाह गाडी चलाएको आरोप लगाइरहेका छन् ।
भिडियोमा वरुण धवन, एक जना मानिस र एक प्रहरी अधिकारीलाई देखाइएको छ । त्यो मानिसले वरुणको ड्राइभरतिर औंल्याउँदै उसले मेरोमाथि गाडी चलायो अनि गाली पनि गरेको बताउँछ । सो समयमा वरुणले बिस्तारै उसलाई ‘ठीक छ ठकि छ’ भन्दै शान्त गर्ने कोशिश गर्छन् । त्यसपछि अभिनेता आफ्नो कारमा चढेर जान्छन् । घटनाबारे खासै धेरै जानकारी आएको छैन ।
प्रयोगकर्ताहरूले यो भिडियोमा धमाधम टिप्पणी गरिरहेका छन् । एक जनाले लेखे, ‘वरुणसँग यस्ता परिस्थितिहरूमा कसरी व्यवहार गर्ने भन्ने व्यावहारिक बुद्धि छ, ऊ शान्त र संयमित छ, अत्यधिक भावनात्मक वा आक्रामक छैन ।’ अर्काे एक जनाले लेखेका छन्, ‘सानो दुर्घटना पछि, ड्राइभरले रोड रिज देखाए र अपशब्द प्रयोग गरे । यसमा ठुलो कुरा के छ ? धेरैजसो मानिसहरूले यस्तो परिस्थितिमा यस्तै प्रतिक्रिया दिन्छन् । ड्राइभरको हर्कतका लागि वरुणलाई यसमा तान्नुको कुनै अर्थ छैन ।’
वरुणको ‘सनी संस्कारको तुलसी कुमारी’ अक्टोबर २ मा रिलिज हुँदै छ । शशांक खेतानद्वारा निर्देशित यस फिल्ममा वरुण धवन, जान्हवी कपूर, सान्या मल्होत्रा र रोहित सराफको अभिनय छ । मनीष पल र अक्षय ओबेरॉय यसमा सहायक भूमिकामा छन् । जान्हवीसँग वरुणको यो दोस्रो फिल्म हो । यसअघि उनीहरू पहिले २०२३ को फिल्म ‘बावल’मा एकसाथ देखा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण