बुटवलबाट दसैँमा करिब १ लाख ५० हजार यात्रु बाहिरिए
सारांश
- घटस्थापनादेखि फूलपातीसम्म बुटवलबाट करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान छ।
- प्रहरीका अनुसार बस समितिबाट ४५ हजार यात्रुले टिकट काटेर यात्रा गरेका थिए।
- दसैँ मनाउन र अन्य कामका लागि बाहिर रहेका मानिसहरू घर फर्किएका छन्।
बुटवल । घटस्थापनादेखि फूलपातीसम्मको अवधिमा बुटवलबाट करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माका अनुसार प्रहरीले संकलन गरेको तथ्याङ्कअनुसार बस समितिबाट मात्रै करिब ४५ हजार यात्रु टिकट काटेर यात्रा गरेका छन्। त्यस्तै, जिप, निजी सवारीसाधन र अन्य माध्यममार्फत यात्रु बाहिरिने सङ्ख्या जोड्दा करिब १ लाख ५० हजार पुगेको अनुमान गरिएको हो।
“ठ्याक्कै यति भन्न सकिँदैन, तर घटस्थापनादेखि फूलपातीसम्म बुटवलबाट करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान छ,” एसपी शर्माले बताए।
दसैँ मनाउन मात्र नभई व्यापार, अध्ययन र रोजगारीका क्रममा बाहिर रहेका मानिस घर फर्कन थालेपछि राजधानी काठमाडौँसहित देशका विभिन्न सहरबाट बुटवल आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान र दाङका नागरिकको ठुलो सङ्ख्याले बुटवललाई आफ्नो आधारस्थल बनाएका छन्। उनीहरू अहिले घर फर्कन थालेसँगै बुटवल बसपार्क र अन्य यातायात केन्द्रहरू चहलपहलयुक्त बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण