शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

किन चर्चामा छ कमिला हालेर बनाइएको चिज ?

मङ्गलबार, १४ असोज २०८२, १४ : ५५
मङ्गलबार, १४ असोज २०८२

साओ पाउलो । ब्राजिलमा बनेको ‘तैयाडा सिल्भानिया’ नाम गरेको चिज पछिल्लो समय विश्वभर निकै लोकप्रिय बन्दै गएको छ ।

अनौठा स्वाद र नवीन प्रयोगका कारण कारण चिजको लोकप्रियता चुलिएको हो । यसको विशेषता यही हो कि चिजमा इचा नाम गरेको पात काट्ने कमिला मिसाइन्छ । यो चिजलाई इस्टान्सिया सिल्भानिया कम्पनीकी मालिक र संस्थापक क्यामिला आल्मेइडाले बनाएकी हुन् । 

ग्रामीण आकर्षणहरूमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने उपाय खोज्दै गर्दा अल्मेइडाको मनमा स्थानीय खानपान परम्परालाई चिजसँग जोड्ने विचार आयो । इचा कमिला यस क्षेत्रको परम्परागत भान्सामा सयौँ वर्षदेखि प्रयोग हुँदै आएको छ, जसलाई ब्राजिलका लेखक मोन्टेइरो लोबाटो ले ‘ब्राजिलियन क्याभियार’ समेत भनेका छन् ।

आफ्ना फारममा बन्ने चिजलाई उनले केही रोचक बनाउने निर्णय गरेपछि यो चिजको विकास भएको हो । यस निर्णयमा अल्मेइडा सही साबित भइन् । अहिले यो चिज संसारभर लोकप्रिय यबनेको छ । फ्रान्स समेत गरेर यसले कयौं अन्तरराष्ट्रिय अवार्ड पनि जितेको छ । ब्राजिलभित्र पनि यसको ठूलो फ्यान बेस तयार भएको छ । 

क्यामिला आल्मेडाका अनुसार, कमिलालाई पहिले आगोमा तताइन्छ अनि चिज बनाउने प्रक्रियाकै बेलामा यसलाई मिसाइन्छ ।

अन्य चरणमा यसको प्रयोग असम्भव हुने भएकाले चिजलाई आकार दिने समयमा यसको प्रयोग गरिने उनले बताइन् । यो चिज जिआईआर प्रजातिका गाईको काँचो दूधबाट बनाइन्छ । भुटेको इचा कमिलाले यसमा बादाम र चेस्टनटजस्तो स्वाद, हल्का सौंफको बासना अनि कुरुमकुरु प्रदान गर्छ । विशेष स्वाद भएकोले विश्वभर यसप्रति चाख बढेको छ । अहिले यो चिज प्रतिकेजी २०० ब्राजिलियन रियाइस (करिब ३८ अमेरिकी डलर) मा किनबेच भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप