मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध
मङ्गलबार, १४ असोज २०८२, २० : ०८
सारांश
- महाअष्टमीको दिन मुग्लिन-नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिक लेदो खस्दा सडक अवरुद्ध भयो।
- सडक डिभिजन भरतपुरले पहिरो पन्छाउन मेशिन पठायो र छिट्टै सडक खुलाउने तयारी गरेको छ।
- अवरुद्ध सडकमा रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गर्न अनुरोध गरिएको छ।
चितवन । महाअष्टमीको दिन मंगलबार साँझ करिब ७:३० बजे मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने मेशिन घटनास्थलतर्फ पठाइएको छ। सडक डिभिजनले अवरुद्ध सडक छिट्टै खुलाउने तयारी भइरहेको जनाएको छ।
'राेकिएका सवारीसाधनहरू कृपया संयमित भई लेन अनुशासन पालना गर्नुहुन अनुरोध गर्दछौं,' सडक डिभिजन भरतपुरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सुरुङ सञ्चालनअघि मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिङ्क रोड (तस्बिरहरू)
-
दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी
-
सुनको मूल्य सामान्य बढ्यो
-
फिल्म ‘माया भनेकै यस्तो होला’ मा मदनकृष्णदेखि सृष्टिसम्मको अभिनय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण