बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आवतजावत गर्दा सतर्कता अपनाउन ललितपुर जिल्ला प्रशासनको आग्रह

शुक्रबार, १७ असोज २०८२, ०६ : १५
शुक्रबार, १७ असोज २०८२

सारांश

  • जिल्ला प्रशासन कार्यालयले १७ देखि २० गतेसम्म मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ।
  • कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको छ।
  • काठमाडौं उपत्यका लगायतका जिल्लामा बाढी, डुबान, पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ।

ललितपुर । जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रशासनले विशेषगरी काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुरलगायतका जिल्लामा साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने, बाढी, डुबान, पहिरो तथा भू–क्षयजस्ता विपद् हुने जोखिम बढ्ने चेतावनी दिएको छ । 

कान्ति राजमार्ग, बागमती गाउँपालिका, कोञ्ज्योसोम गाउँपालिका तथा महाँकाल गाउँपालिका जोड्ने मुख्य र सहायक सडक मार्गमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी संचालन नगर्न सुझाव दिइएको छ ।

त्यसैगरी, संवेदनशील क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई असोज १७ देखि २० गतेसम्म विशेष सावधानी अपनाउन, जोखिम कम गर्न पूर्वतयारी गर्न तथा सुरक्षा निकाय वा स्थानीय तहले जारी गर्ने सूचनाअनुसार प्रतिकार्यमा जुट्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप